News Category 2074/05/09

सकरपुरावासी दुषित पानी पिउन बाध्य

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ भदौं । 
सप्तरीको सकरपुराका बाढीपीडित परिवारहरु ट्युवेलबाट दुर्गन्धित पानी पिउन बाध्य भएका छन ।
बाढीका कारणले साबिकको सकरपुरा गाबिस हाल तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ का झण्डै १ हजार ६४ परिवारको खानेपानी टयुवेल पुर्ण रुपमा डुबान भएर ट्युवेलमा लेदो आउँने तथा सफा पानी दिन छोडेपछि बाढीपीडितहरु दुर्गन्धित पानी प्रयोग गर्न बाध्य भएका हुन ।
बाढीका कारण हरेक ब्यक्तिको घरको खानेपानी ट्युवेल डुबानमा परेपछि सो वडाका हजारौं बाढीपीडित परिवारहरु दुर्गन्धित पानी खादाँ बिरामी परेको स्थानीय दामोदर मुखियाले जानकारी दिदै दुर्गन्धित पानी खाएकै कारणले अहिले सो क्षेत्रका बाढीपिडितहरु बिरामी परेको बताउनुभयो । 
त्यस्तै प्रत्येक बाढीपीडित परिवारको घरमा पानी पसेपछि त्यहाँ अहिले झाडापखाला, निमोनिया, रुघाखोकी, आँखा पाक्ने, घाँटी दुख्ने, सर्प टोक्ने लगायतका कारण बिरामीहरुको संख्यामा बृद्धि भएको सामाजिक परिचालक शिवनाथ यादवले जानकारी दिनुभयो । 
यता बाढीपीडित परिवारहरुका ५६ थान फिल्टर जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले वितरण गरेपनि सो अपुग भएकाले थप फिल्टर वितरण गर्नुपर्ने माँग सामाजिक परिचालक यादवले गरेका छन । 
त्यस्तै केही परिवारहरुका लागि पानी शुद्धिकरण गर्ने पिल्स समेत वितरण गरेपनि सो सबै बाढीपीडित परिवारहरुलाई नपुगेकाले त्यहाँका बाढीपीडित परिवारहरु दुर्गन्धित पानीको प्रयोग गर्दै आईरहेका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट