News Category 2074/05/10

दलित बस्तीमा स्वास्थ्य उपचार गर्दै डा. केसी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ भदौं । 
मेडिकल माफिया विरुद्ध २३ दिनसम्म अनशन बस्नु भएका प्रा डा गोबिन्द केसी अहिले सप्तरीका बाढीपीडितहरुको स्वास्थ्य उपचारमा लाग्नु भएको छ । 
देशमा आएको बाढी र पहिरो जस्तो दैवी प्रकोपका घटनालाई ध्यानमा राखी उहाँले यस पटक विना कुनै सम्झौता अनशन स्थगित गरि बाढीपीडितहरुको स्वास्थ्य सेवामा लाग्नु भएको हो । 
अस्पतालबाट डिस्चार्ज भएको भोलीपल्टै डाक्टर गोबिन्द केसी बाढीपीडितलाई उपचार गर्न सप्तरी आइपुग्नु भएको हो । 
यसैबीच डा. केसी सप्तरीको कञ्चनरुप नगरपालिका ६ धरमपुरस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर संचालन गरि पीडितहरुको स्वास्थ्य परिक्षण गर्नुभएको छ । 
उहाँको हातमा केनुला लगाएकै अवस्थामा प्रा डा गोविन्द केसी दलित बस्तीका बाढीपीडितलाई स्वास्थ्य उपचार सेवा दिइरहनु भएको छ । डोम, चमार (राम), सदा, सरदारलगायतको बाहुल्यता रहेको यस बस्तीमा स्थानीय पौडा, वान्द्रा खोलाको पानी बस्तीको हरेक घरमा पसेको थियो । 
डाक्टर केसीले उपचारसंगै औषधी, केहीलाई कपडा र स्यावीन, पेष्ट, बच्चालाई चकलेट, सावुन लगायतका सामग्री वितरण गर्दै हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट