News Category 2074/05/10

निजामती कर्मचारी संगठनद्वारा बाढीपीडितलाई राहत वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ भदौं । 
नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्य समितीद्वारा शुक्रबार सप्तरीका बाढीपीडित परिवारहरुलाई राहत स्वरुप विभिन्न सामग्रीहरु बितरण गरेको छ । 
सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका अन्र्तगतका १ सय ३० घर बाढीपीडित परिवारहरुलाई राहत स्वरुप ब्याङ्केट १ थान, साडी १ थान, झुल १ थानको दरले बितरण गरेको हो । 
ईलाका स्वास्थ्य चौकी सितापुरमा अयोजित कर्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदार प्रसाद देबकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमालेका स्थायी समिती सदस्य एबम पुर्व यूवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डल, केन्द्रिय सदस्य सुमन राज प्याकुरेल, जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, नेपाल निजामती कर्मचारी संगठनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष लेखनाथ कोईराला, उपाध्यक्ष भागबत यादब, भवानी दाहल, महासचिब रेमन्त गौतम, सचिब भवानी खतिबडा लगायतका केन्द्रिय तथा जिल्ला पदाधिकारीहरुले केन्द्रिय प्रतिनिधी प्रकाश देबकोटाले राहत बितरण बितरण गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट