News Category 2074/05/12

भलुवाही बस्तीका बाढीपीडितलाई रु. ७० को दरले रकम वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ भदौं । 
सरकारले वाढीपीडितलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँका दरले खाद्यान्न खर्च दिने निर्णय गरेपछि आइतबार राजबिराज २ भलुवाही बस्तीका बाढीपीडितलाई वितरण गरिएको छ ।  गत साउन २८ गते आएको बाढीले सो बस्तीका दर्जनौं परिवारको घर डुबानमा परेपछि ती बाढीपीडितहरु बिच्चलीमा परेको थिए ।
बाढीले घर बगाएका र घरबिहीन भएका परिवारलाई राहत स्वरूप रकम प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बितरण गर्नुभयो ।
यसअघि प्रजिअ पाण्डेले गत सोमवार जिल्लाको हनुमानगर कंकालिनी नगरपालिकावाट खाद्यान्न खर्च वापतको रकम वितरण सुरु गर्नुभएको थियो ।
उक्त नगरपालिकाको वडा नं. ११ स्थित सखुवा गाउँका नुनुलाल यादव र सागर यादव परिवारका ७ जना लाई प्रतिदिन ७० रुपैयाँका दरले एक महिनाको एक मुष्ट १४ हजार ७ सय रकम हस्तान्तण गरी खाद्यान्न खर्च वितरणको सुरुवात गरिएको थियो । 
दुवै जनाको घर पुर्ण रुपमा क्षती भएको र खाद्यान्न समेत नष्ट भएपछि उनीहरुलाई एकमुष्ट रकम उपलब्ध गराईएको हो । 
उहाँले वाढीका कारण घरपुर्ण रुपमा क्षती भई खाद्यान्न संकटमा रहेका सप्तरीका सम्पुर्ण पीडितको तथ्यांक संकलन भईसकेपछि अन्य स्थानमा समेत खर्च वितरणको कार्य अघि वढाईने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट