News Category 2074/05/28

निर्वाचन आयोगद्वारा उपसभामुख यादवसँग स्पष्टीकरण माँग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ भदौं । 
असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आचार संहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले उपसभामुख गंगाप्रसाद यादवसँग स्पष्टीकरण मागेको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर व्यवस्थापिका संसद्का उपसभामुख यादव र नेपाल टेलिभिजन (एनटीभी)का कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको हो ।
आयोगले उपसभामुख यादवलाई प्रदेश नम्बर २ मा सन्चालन भइरहेको तेस्रो चरण निर्वाचनका क्रममा सप्तरी जिल्लाको निर्वाचनको प्रचारप्रसारमा आचारसंहिता विपरित भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको आयोगले जनाएको छ । 
उपसभामुख यादवले निर्वाचन आचार सहिंता विपरीत ब्यापक मात्रामा भारतीय नम्बर प्लेट भएका गाडीहरुको प्रयोग गरी उम्मेदवारहरुको प्रचार प्रसार गरीरहेको आयोगले जनाएको छ । 
यस्तै आयोगले एनटीभीका कार्यकारी अध्यक्ष दाहाललाई सोमबार काँग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित भएको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको प्रबक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट