News Category 2074/05/31

मौन अवधी सुरु, सार्वजनिक स्थानमा झुण्ड्याइएको तुल, झण्डा र ब्यानर हटाइयो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० भदौं । 
असोज २ को निर्वाचनका लागि शुव्रmबार राती १२ बजेबाट सवै प्रकारको चुनावी प्रचार प्रसारमा रोक लगाइएको छ । 
मौन अवधिमा मतदातालाई कुनै प्रकारले प्रभावित गर्न खोजिए कारवाही हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यता शुक्रबार निर्वाचन आयोग अनुगमन टोलीका सहसचिवद्वय संजिव रेग्मी र छविन्द्र पराजुलीको नेतृत्वमा खटिएको टोलीले सप्तरी सदरमुकाम राजविराजको सार्वजनिक स्थानमा झुण्ड्याइएको तुल, झण्डा र ब्यानर हटाइएको छ । 
जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, एसपी मुकेश कुमार सिहं, सशस्त्रका एसपी रामाधार यादवलगायत सुरक्षाकर्मीको सहयोगमा ती तुल, झण्डा र ब्यानर हटाइएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट