News Category 2074/05/31

शुक्रबारदेखी परिचय पत्र वितरण गरिँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० भदौं । 
असोज २ गते २ नं. प्रदेशमा हुन गइरहेको स्थानिय तह निर्वाचनका लागि शुक्रबारदेखी मतदाता परिचय पत्र वितरण कार्य सुरु भएको छ । 
सप्तरीमा पनि मतदाता परिचय पत्र लिनेहरुको घुइचो लागेको छ । मतदाता परिचय पत्र सम्बन्धीत वडाका मतदान केन्द्रबाटै वितरण गरिदै छ । 
सप्तरी जिल्लामा शक्रबार बिहान १० बजेदेखी ५ बजेसम्म सम्पूर्ण ४ सय ६२ मतदान केन्द्रबाट परिचय पत्र वितरण गरिँदै छ । मतदाता परिचयपत्र वितरण कार्य शुक्रबारदेखी असोज १ गतेसम्म वितरण गरिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । सो कार्यका लागि २ हजार ७ सय ७२ कर्मचारी खटाइएको छ । 
जिल्लामा १ लाख ७० हजार ८८ पुरुष, १ लाख ६० हजार ७ सय ७० महिला र २१ जना तेश्रोलिंगि गरि ३ लाख ३१ हजार ७९ मतदाता रहेका छन् । 
जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिकासहित १८ स्थानिय तहमा १ य ६४ वडा रहेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट