News Category 2074/06/03

सप्तरीमा १ सय ३ वर्षिया वृद्धाले गरिन मतदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ असोज । 
स्थानीय तह अन्तरगत तेस्रो चरणको निर्वाचनका लागि सोमबार सप्तरीमा १ सय ३ वर्षिया एक वृद्धाले मतदान गरेकी छिन् ।
राजविराज नगरपालिका वडा नं. ७ निवासी समानदेवी जोशीले स्थानीय जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रवाट मतदान गरेकी हुन् । उनले संविधान सभा निर्वाचनमा पनि मताधिकार प्रयोग गरेकी थिईन् ।
जोशीले नै पहिलो मतदान गरेकी उक्त मतदान स्थलमा २ वटा मतदान केन्द्र मार्फत १ हजार १ सय २८ मतदाताले मतदान गरेका छन् । 
यस्तै सप्तरीमा ११ हजारभन्दा बढी ज्येष्ठ नागरिक रहेको ज्येष्ठ नागरीक जिल्ला संघ सप्तरीका अध्यक्ष शिवहरीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यसैबीच स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेका छन् । 
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त जानकारीअनुसार उहाँले बिहानै उक्त मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट