News Category 2074/06/04

सप्तरीको चुनावी मतपरिणाम, चुनावी मतपरिणामको सूचना दिन निर्वाचन कार्यालय असक्षम

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 
सप्तरीको १८ मध्ये १७ वटा स्थानिय तहको मतगणना कार्य जारि रहेको छ । राजविराज नगरपालिका वडा नं. १५ को असोज ५ गते निर्वाचन भएपछि मात्र सोही दिनदेखी मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
यता जिल्लाको १७ वटा स्थानिय तहमा जारि मतगणनाको मतपरिणाम उपलब्ध गराउनमा जिल्ला निर्वाचन कार्यालय असक्षम प्रमाणित भएको छ । जिल्ला निर्वाचन कार्यालय समेतलाई आफ्नो मातहतमा रहेको मतदान अधिकृतहरुले सूचना प्रभाव गर्न नसकेको जनाएको छ । 
यता १७ वटा मध्ये १० स्थानिय तहको प्राप्त मतपरिणाम अनुसार तीन स्थानमा नेपाली काँग्रेस, दुई÷दुई स्थानमा राजपा र संघीय समाजवादी फोरम नेपाल तथा नेकपा एमाले र नेपाल लोकतान्त्रिक पार्टी एक स्थानमा अगाडी रहेको छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवार अगाडी रहेका छन् । यो मतपरिणाम स्रंचारकर्मीहरुको आफ्नै प्रयासमा मंगलबार साँझ ८ बजेसम्मको संकलन हो । 
प्राप्त मतपरिणाम अनुसार खडक नगरपालिका ः काँग्रेस ६०८, राजपा ३७२, एमाले ३२९, सप्तकोशी नगरपालिका ः एमाले ४६८, माओवादी केन्द्र २२९, काँग्रेस १४८, हनुमाननगर कंकालिनी नगरपालिका ः फोरम ५१, राजपा ११, नेपाल लोकतान्त्रिक पार्टी २, बोदेबरसाईन नगरपालिका ः फोरम ६७, राजपा ३५, काँग्रेस २८, अग्निसाइर कृष्णासवरण गाउँपालिका ः काँग्रेस २२६, एमाले ९४, नेपाल लोकतान्त्रिक पार्टी ७४, तिलाठी कोइलाडी गाउँपालिका ः राजपा ४७९, काँग्रेस ४००, फोरम नेपाल ९६, बेल्ही चपेना गाउँपालिका ः काँग्रेस ३३५, फोरम १७६, राजपा ९२, रुपनी गाउँपालिका ः राजपा २६८, काँग्रेस १८७, माओवादी केन्द्र ५२, विष्णुपुर गाउँपालिका ः स्वतन्त्र २७९, फोरम २७२, राजपा २०९, सुरुङ्गा नगरपालिका ः नेपाल लोकतान्त्रिक पार्टी २७०, एमाले २११, काँग्रेस १९३ रहेको छ ।  
बाँकी रहेका छिन्नमस्ता गाउँपालिका, तिरहुत गाउँपालिका, महदेवा नगरपालिका, बलान विहुल गाउँपालिका, शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका, डाक्नेश्वरी नगरपालिकाको मतगणनाको परिणाम प्राप्त हुन सकेको छैन् ।
यता राजविराज नगरपालिकामा वडा नं. १५ मा असोज ५ गते निर्वाचन भएपछि सोही दिन साँझदेखी मतगणना हुने मुख्य निर्वाचन अधिकृत शारदा प्रसाद कोइरालाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट