News Category 2074/06/09

छतिस घण्टापछि राजविराजको मतगणना कडा सुरक्षाका बीच सूचारु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ असोज । 
राजविराज नगरपालिकाको मतगणना ३६ घण्टापछि आइतबारदेखी पुनःसूचारु भएको छ । 
राजविराजस्थित जिल्ला खेलकुद विकास समितिमा राजविराज नगरपालिकाको मतगणना कडा सुरक्षाकाबीच पुनः सूचारु भएको छ । 
मतगणना स्थलमा पार्टी प्रतिनिधीहरुले प्रवेश गर्ने वित्तिकै मापसे तथा शरीर चेक जाँज गराएर मात्र प्रवेश गर्ने व्यवस्था मिलाइएको मुख्य जिल्ला निर्वाचन अधिकृत शारदा प्रसाद कोइरालाले जानकारी दिनुभयो । 
यता मतगणना स्थलमा प्रवेश गर्नेहरुलाई मोवाइल, क्यामरा लगायत उपकरणहरु प्रवेश निषेध समेत गरिएको उहाँले बताउनुभयो । 
यस्तै उहाँले हरेक पार्टीका दुई जना प्रतिनिधीहरु मात्र एउटा वडाको मतगणना स्थलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 
राजविराज नगरपालिकामा रहेको १६ वटा वडाको मतगणनाका लागि एकै पटक चार वटा वडाको गणना गर्ने व्यवस्था समेत मिलाइएको छ । मतगणना स्थल वरिपरी व्यापक सूरक्षाकर्मी परिचालन गरिएको सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिनुभयो । 
यसअघि मतगणना गरिएको मतपत्र भन्दा कम मत मेयर पदमा आएपछि राजनीतिक दलका प्रतिनिधीहरुले मतपत्र लुकाएको आरोप लगाउँदै पुनः मतगणनाको माँग गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट