News Category 2070/08/10

साहद्वारा मतदाताहरु प्रति आभार व्यक्त

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजबिराज, ९ मंसिर ।
मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट सप्तरीको क्षेत्र नम्बर ३ का प्रत्यासी शैलेन्द्र प्रसाद साहले संविधान सभा निर्वाचनमा आफ्नो अमूल्य मत दिनुभएका सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार ब्यक्त गर्नुभएको छ । 
साहले आईतवार एक प्रेस बिज्ञप्ती प्रकाशित गरि निर्वाचनमा आफु र आफ्नो पार्टीप्रति सद्भाव र सहानुभूति देखाएको भन्दै आभार ब्यक्त गर्नुभएको हो ।
संविधान सभाको दोस्रो निर्वाचनमा विजयी हासिल गर्नुभएका उम्मेदवारहरुलाई हार्दिक बधाई दिंदै मधेश र मधेसी जनताको चाहना अनुरुपको संविधा निर्माण गर्न आग्रहसमेत उहाँले गर्नुभएको छ ।
मधेश आन्दोलनले दिएको म्यान्डेड अनुसार पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान निर्माण गर्नु आवश्यक रहेकोमा जोड दिनुहुँदै साहले मधेश र मधेसीको अधिकारलाई संस्थागत गर्न आत्मनिर्णयको अधिकार, स्वायत्त मधेश प्रदेश, राष्ट्रिय पहिचान, समावेसी लोकतन्त्रसहित संघीय लोकतान्त्रिक संविधान बनाउन आग्रह गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट