News Category 2074/06/09

अठार मध्ये १७ स्थानिय तहको मतगणना सम्पन्न. कांग्रेस र फोरम पाँच÷पाँच, राजपा चार, एमाले दुई र नयाँ शक्ति एक स्थानमा विजयी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ असोज । 
सप्तरीको १८ मध्ये १७ स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेस र संघीय समाजवादी फोरम नेपाल पाँच÷पाँच स्थानमा बिजयी भएका छन् भने राजपा नेपाल चार, एमाले दुई र नयाँ शक्तिले एक स्थानमा निर्वाचित भएका छन् । 
सप्तरीमा काँग्रेसले शम्भुनाथ र सुरुङ्गा नगरपालिकासहित विष्णुपुर, अग्निसाइर कृष्णासवरण, बेल्ही चपेना गाउँपालिका गरि पाँच स्थानीय तहमा जित हासिल गरेको छ । 
यस्तै संघीय समाजवादी फोरम नेपालले बोदेबसाईन, खडक नगरपालिकासहित वलान बिहुल, महदेवा र तिरहुत गाउँपालिका गरि पाँच स्थानमा जित हासिल गरेको छ । 
यसैगरि राजपाले जिल्लाको डाक्नेश्वरी, हनुमाननगर नगरपालिकासहित रुपनी र तिलाठी कोइलाडी गाउँपालिकागरि चार स्थानीय तहमा बिजयी भएको छ । 
त्यसैगरि एमालेले जिल्लाको सप्तकोशी र कंचनरुप नगरपालिकामा आफ्नो वर्चस्व कायम गरेको छ भने नयाँ शक्तिले छिन्नमस्ता गाउँपालिकामा जित हासिल गरेको छ ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार काँग्रेसले शम्भुनाथ नगरपालिकामा बिजयी हात पारेको छ । काँग्रेसका योगेन्द्र प्रसाद चौधरीले मेयरमा २७७८ तथा सोही पार्टीकी कबिता कुमारी चौधरीले उपमेयरले २६०५ मत ल्याई बिजयी भएका छन् ।  
यस्तै कंचनरुप नगरपालिकामा मेयरमा एमालेका बसन्त मिश्रले ५०४२ मत तथा उपमेयरमा काँग्रेसकी निरु पोखरेललले ४७५८ मतप्राप्त गरि बिजयी भएका छन् । यसअघि एमालेले सप्तकोशी नगरपालिका पनि आफ्नो पक्षमा पारिसकेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट