News Category 2074/06/19

मेयरको आश्वासनपछि आन्दोलनमा उत्रेका विद्यार्थीको अनसन केही घण्टामै स्थगित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका बाल क्लबका विद्यार्थीले बुधबारबाट राजविराजमा सुरु गरेको आन्दोलन केही घण्टामै स्थगित भएको छ । 
राजविराज नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु कुमार यादवले जायज माँगलाई दुई दिन भित्र सम्बोधन गर्ने आश्वासन दिएपछि बुधबार साँझ आन्दोलन स्थगित गरिएको हो । 
राजविराजस्थित गजेन्द्र चौकमा लालिगुराँस बाल क्लबका बालबालिकाले १४ सूत्रीय माग राख्दै अनशन शुरु गरेका थिए । बालबालिकाले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, बन्द हडतालका बेला विद्यालयलाई बन्द गर्न नहुने, कक्षा १२ सम्मको रजिष्टे«शन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निःशुल्क उपलब्ध गराउनुपर्ने, सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्नेलगायतका १४ सूत्रीय माग राख्दै अनशन सुरु गरेको लालिगुराँस बाल क्लबका अध्यक्ष मोहमद जकाउल्लाहले बताउनुभयो । 
आफूहरूले पटकपटक विभिन्न आन्दोलनका कार्यक्रम गरेको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेकाले बाध्य भएर बुधबार पुनः अनशनमा बसेको उहाँले बताउनुभयो । सयाँैको संख्यामा रहेका बाल क्लबका बालबालिका तथा विद्यार्थीले विभिन्न प्लेकार्डसहित अनशन शुरु गरेका गरेका छन् । आफूहरूको मागप्रति ध्यान नदिए कडा आन्दोलनसमेत गर्ने उनीहरूले चेतावनी दिएका छन् । यसअघि पनि गत असारमा बाल क्लबले चार दिन रिले अनशन गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट