News Category 2074/06/24

शिक्षालाई सुधारका लागि जनप्रतिनिधिहरुको एक्यबद्धता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले शिक्षालाई सुधार गर्नका एक्यबद्ध भएर लाग्ने बताएका छन् । 
युनिसफेको सहयोगमा गुणस्तरीय समावेशी शिक्षाका लागि स्थानीय निकायको सवलीकरण परियोजना चलाइरहेको आसमान नेपालले सोमबार डाक्नेश्वरी मन्दिर प्राङ्गणमा जनप्रतिनिधीहरुका लागि आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनीहरुले यस्तो कुरा बताएका हुन् । यस नगरपालिकाको ६ वटा वडामा सो परियोजना चलिरहेको छ । 
कार्यक्रममा बोल्दै डाक्नेश्वरी नगरपालिकाका मेयर शिबनारायण साहले अहिले सरकारी विद्यालयहरु लथालिंग अवस्था रहेको भन्दै यस्ता अवस्थालाई हटाएर गुणस्तरीय शिक्षा प्रदान गराउन आफूहरुले हरेक किसिमको प्रयास अपनाउने प्रतिबद्धता जनाउनुभयो । आफूहरुले धेरै चाँडै शिक्षामा सुधार ल्याउने विश्वास रहेको बताउँदै उहाँले यसमा शिक्षा क्षेत्रमा काम गर्ने संघ–संस्थाहरुले सहयोग गर्नुपर्ने बताए ।
डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष उमेश यादव, ५ का अध्यक्ष दुखहरण मण्डल, १ का अध्यक्ष प्रदीप चौधरीले विद्यालय संचालन हुने समय अवधीभर शिक्षकलाई विद्यालयमा पढाउनैपर्ने नियम लागू गराउन आफूहरु अग्रसर भएको बताए । उनीहरुले समयमा नआउने शिक्षकलाई तत्कालै कार्वाही गर्ने बताउँदै अभिभावकलाई पनि जागरुक बनाउनेमा जोड् समेत दिएका छन् ।     
कार्यक्रममा डाक्न्ेश्वरी नगरपालिकाका मेयर, उपमेयर तथा १० वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई आसमान नेपालका जिल्ला संयोजक श्रवणकुमार देवले माला तथा अबिर लगाइदिएर डायरी कलमसहित सम्मान गर्नुभएको थियो ।
सम्मान कार्यक्रम लगत्तै मेयरसहितका सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरुले मन्दिर प्राङ्गणमा सरसफाई गरेका थिए । मेयर साहले सरसफाईलाई निरन्तरता दिइनेमा जोड् दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट