News Category 2074/07/01

लागु औषध, हतियार तथा मानव तस्करीमा पक्राउ परेका ३८ जनालाई कारवाही

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ असोज । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न समयमा लागु औषध, हतियार तथा मानव तस्करीको आरोपमा पक्राउ गरेको ३८ जना व्यक्तिलाई कारवाही गरेको छ । 
अबैध लागु औषध नाईट्रोसन ट्याबलेट थान ३२८, नाईट्राभेट ट्याबलेट थान २१२, कोरेक्स थान ४, फेनारगरन एम्पुल थान ११३, लुपीजेसिक एम्पुल थान ८८, डाईजिल्याब एम्पुल थान ९४, स्पास्मो प्रोसिभन ट्याबलेट थान २८ र गाँजा ८ के.जी ७०० ग्रामसहित फेला परेका २४ जना मानिसहरुलाई पक्राउ गरी आवश्यक कार्बाही गरेको प्रहरीले जनाएको छ । 
यस्तै गत असोज २६ गते बिहीबार सप्तरीको तिलाठि कोईलाडी गाउपालिका वडा न.४ स्थितमा हतियारसहित पक्राउ परेका सकरपुरा निवासी मुकेश मुखिया, उपेन्द्र मुखिया, ईश्वरी मुखियालाई कार्वाही गरेको जनाएको छ ।
त्यस्तै असोज १८ गते राजबिराज नगरपालिका वडा न. १३ बस्ने बर्ष ५४ वर्षिये लक्ष्मण यादवको साथबाट कटुवा पेस्तोल, गोली एक राउण्ड फेला परेकामा आवश्यक कार्वाही अगाडी बढाएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिनुभएको छ ।
यस्तै प्रहरीले भदौं २९ गते जिल्लाको पिप्रापश्चिम ३ हाल सुरुङगा नगरपालिका वडा न. १ मा राजबिराज नगरपालिका ९ घर भई हाल जिल्ला सुनसरी भान्टाबारी ६ बस्ने २४ वर्षिय नबिन कुमार देवसमेतलाई मानव तस्करीको आरोपमा कारवाही अगाडी बढाएको जनाएको छ । 
रुपनी गाउँपालिका ६ बस्ने ३५ बर्षिय एक युवतीलाई ललाई फकाई बेच्ने उद्देश्यले जबरजस्तिकरणी समेत गरेका देवलाई पक्राउ गरी आवश्यक कार्वाही अगाडी बढाएको जनाएको छ ।
यस्तै प्रहरीले सोही अभियोगमा पक्राउ परेको अन्य ९ जनासमेतलाई कारवाही अगाडी बढाएको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट