News Category 2074/07/09

सप्तरीको बरसाइनवासी आइरन युक्त पानी पिउन बाध्य

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
सप्तरीको बरसाइनमा खानेपानीको समस्या भएको छ । जसकारण स्थानियहरु आइरन युक्त खानेपानी पिउन बाधय भएका छन् । 
बोदेवरसाइन नगरपालिका बरसाइन बजारमा बिगत लामो समयदेखि खानेपानीको अभाव रहेको छ । सो नगर लगायत आसपास क्षेत्रमा रहेको अधिकांस गाउँ घरमा  खाने पानी ट्युवेलमा आइरनयुक्त पानी आउने गरेकोले शुद्ध तथा उचित पानी खानबाट बञ्चित भएको स्थानीय बिरेन्द्र साहले बताउनुभयो  । 
त्यहाँ रहेका अधिकांश टुवेलमा पानी आइरन भएकाले सो पानीबाट लुगाधुदा सेतो लुगा रातो र खेरौ जस्तो हुने गरेको साहले गुनासो गर्नुभयो । 
साथै आइरन भएको पानीले भाडाबर्तन मस्काउँदा पनि रातो हुने गरेको बताउदै दात माभ्mदा दात खराव हुने र नुहाउँदा कपाल पाक्ने जस्ता समस्याबाट स्थानियहरु पीडित समेत रहेको उहाँले भन्नुभयो । खाने पानीको उचित ब्यवस्था नभएकाले यहाँका करिब ९० प्रतिशत ट्युवेलमा आइरनयुक्त पानी आउने गरेकोले शुद्ध पानी खान समस्या भएको साहको भनाई रहेको छ ।
जोगीया, बराहा, सारश्रवर, नेङ्गडा, धनगढी, काचन, देउरी, फुलकाही, खडकपुर, मानराजा र लालपुर लगायत दर्जनौ स्थानमा ट्यूवेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट आफुहरु बञ्चित भएको जोगीया निवासी रोशन यादवले गुनासो गर्नुभयो । 
सो क्षेत्रमा खानेपानीको हालसम्म कुनै काम नभएको र सरकार तथा सम्बन्धित निकाय पनि मौन रहेको स्थानीहरुबाट गुनासो पाइएको छ ।
यसैबिच जिल्ला खानेपानी डिभिजन कार्यालयले भने बरसाइनमा देखिएको खानेपानी अभाव र उचित पानी तथा शुद्ध पानीको लागि त्यहाँ छिटै काम सुरु हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट