News Category 2070/08/14

सप्तरीमा समानुपातिकमा का“ग्रेस पहिलो, दोश्रो फोरम नेपाल

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १३ मंसिर । 
संविधानसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अनुसार सप्तरीमा नेपाली काँग्रेस पहिलो भएको छ । 
बुधबार राती सम्पन्न मतगणना अनुसार सप्तरीको ६ वटा क्षेत्र मध्ये प्रत्यक्षतर्फ दुई वटा क्षेत्रमा बिजयी हासिल गरेको नेपाली काँग्रेसले समानुपातिकतर्फको मतमा पनि सबैलाई पछि पारेको छ ।
समानुपातिकतर्फको मतगणनामा पहिलो भएको काँग्रेसले ६ वटै क्षेत्रबाट गरी २५ हजार मत ल्याएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
यस्तै प्रत्यक्षतर्फ सप्तरीको एउटा पनि क्षेत्रमा बिजयी हासिल गर्न नसकेको मधेशी जनअधिकार फोरम नेपाल भने समानुपातिकतर्फ दोश्रो स्थानमा देखिएको छ । फोरम नेपालले ६ वटै क्षेत्रबाट गरी २४ हजार ५ सय ३४ मत ल्याएको छ । 
यस्तै मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले २३ हजार ९ सय ५५ मत ल्याएको छ भने नेकपा (एमाले)ले २४ हजार १ सय ६ मत र एकीकृत नेकपा (माओवादी)ले २० हजार ६ सय ७४  मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो । 
त्यस्तै सद्भावना पार्टीले १४ हजार १ सय १०, राप्रपा नेपालले ९ हजार ८ सय १, दलित जनाजाती पार्टीले ९ हजार ३ सय १३, तराई मधेश लोकतान्त्रिक पार्टीले ६ हजार ८ सय ९१, राप्रपाले ५ हजार ९ सय ९२, नेकपा संयुक्तले १ हजार ९ सय ८२, राष्ट्रिय मधेश समाजवादी पार्टीले ७ हजार ९ सय ६, नेपाली जनता दलले १ हजार १ सय ७, तराई मधेश सद्भावना पार्टीले १ हजार ५ सय ६३, नेकपा मालेले २ हजार ९ सय ७०, मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टीले ३ हजार ४९, संघीय सद्भावना पार्टीले ९ सय ३१ र राष्ट्रिय जनमोर्चाले ५ सय १२ मत ल्याएको छ ।
समानुपातिकतर्फको मतगणनामा सप्तरीको ६ वटै निर्वाचन क्षेत्रबाट गरी १ सय २२ दललाई मत परेको थियो । 
यता प्रत्यक्ष तर्फ सप्तरीको ६ क्षेत्र मध्ये १, २ र ३ मा एमाओवादी, क्षेत्र नं. ५ र ६ मा नेपाली काँग्रेस र क्षेत्र नं. ४ मा नेकपा एमाले बिजयी भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट