News Category 2074/07/14

उदयपुर र गुल्मीमा भएको छुट्टाछुट्टै दुर्घटनामा १८ को मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
उदयपुर र गुल्मीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी सोमबार १८ को मृत्यु भएको छ । 
उदयपुरमा सुमो जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज कार्कीले जानकारी दिनुभयो । 
उहाँका अनुसार कटारीबाट ओखलढुंगातर्फ जाँदै गरेको ना १ ज ३४०४ नम्वरको सुमो दुर्घटना हुँदा ९ जनाको घट्नास्थलमै मृत्यु भएको तथा दुई जना गम्भिर घाइते भएका छन ।
कटारीबाट ओखलढुँगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका ११ ठाँटीको भीरबाट ५ सय मिटर तल खसेको थियो । 
प्रहरीका अनुसार मृत्यु हुनेमा ८ पुरुष रहेका छन भने एक महिला यात्रु छिन । ‘प्रहरीको टोलीले उद्धारको कार्य गरिरहेको छ ।
सोमबार दिउँसो १ बजे कटारी बाट छुटेको सुमो साढे २ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको खवर आएसँगै प्रहरी डेढघण्टापछि दुर्घटना स्थल पुगेको थियो ।
यस्तै गुल्मीको दरवार गाउंँपालिका ४ मा सोमबारै भएको सडक दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
बुटवलबाट तम्घास जांँदै गरेको बा. ख ५५०१ नम्बरको माइक्रोबस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो गाडीमा सवार १५ मध्ये ९ को मृत्यु भएको तथा ६ जना घाईते भएको प्रहरीले जानकारी गराएको छ । निकै भीरमा गाडी खसेकाले मृतकको शब संकलनमा कठिनाई भएको उहाँले बताउनुभयो ।
यसअघि शनिबार मात्र राजविराजदेखी काठमाडौं जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा ३१ जनाको मृत्यु भएको थियो भने तीन जना अझै वेपत्ता रहेका छन् । सो दुर्घटनामा २४ जना सप्तरीवासीकै मृत्यु भएको थियो । सोही दुर्घटना १६ जना घाइते समेत भएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट