News Category 2074/07/17

सप्तरीबाट एक बहालवाला मन्त्रिसँगै ९ जना निर्वतमान सांसद चुनावी मैदानमा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक । 
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बिहीबार सप्तरीमा पनि उत्साहजनक उम्मेदवारी दर्ता भएको छ । सप्तरीमा एक बहालवाला मन्त्रिसँगै ६ जना निर्वतमान सांसदहरुले प्रतिनिधिसभा सदस्य र तीन जना प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिई चुनावी मैदानमा देखापरेका छन् ।  
सप्तरी क्षेत्र नं. १ बाट बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका अशोक मण्डल, सोही क्षेत्रको प्रदेशसभा १ मा काँग्रेसका तर्फबाट डा. सुबोध पोखरेल र बामगठबन्धनका तर्फबाट एमालेका सत्यनारायण मण्डलले उम्मेदवारी दिएका हुन् । 
त्यस्तै बामगठबन्धनका तर्फबाट क्षेत्र नं. २ मा माओवादी केन्द्रका उमेश यादव, फोरम राजपा गठबन्धनबाट फोरम अध्यक्ष उपेन्द्र यादव, काँग्रेसका तर्फबाट सकलदेव सुतिहारले उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रको प्रदेशसभा १ मा काँग्रेसका रन्जित कर्णले उम्मेदवारी दिएका छन् ।   
त्यसैगरि क्षेत्र नं. ३ बाट बामगठबन्धनका तर्फबाट एमालेका ताराकान्त चौधरी र क्षेत्र नं. ४ मा काँग्रेसका तर्फबाट वर्तमान यूवा तथा खेलकुद राज्यमन्त्री तेजुलला चौधरीले उम्मेदवारी दिएका हुन् ।
यता प्रतिनिधिसभा क्षेत्र नं. २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम राजपा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएपनि सो क्षेत्रमा राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 
यस्तै प्रतिनिधिसभा क्षेत्र नं. १ बाट बाल रोग विशेषज्ञ डा. सूर्यनारायण यादवले सरकारी जागिरबाट राजिनामा दिई फोरम राजपा गठबन्धनको तर्फबाट फारमको उम्मेदवार बनेका छन् । 
त्यसैगरि सोही क्षेत्रको प्रदेशसभा १ बाट जनजाती महासंघका पूर्व अध्यक्ष एवं थारु कल्याणकारी समितिका पूर्व महासचिव तथा राजपाका महासचिव राजकुमार लेखीले फोरम राजपा गठबन्धनबाट उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नं. २ बाट प्रदेशसभा २ बाट अर्का राजपाका महासचिव मनिषकुमार सुमनले उम्मेदवारी दिएका छन् । यसरी सप्तरीबाट विभिन्न क्षेत्र गरि राजपाका दुई उपाध्यक्षसमेतले उम्मेदवारी दिएका छन् ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट