News Category 2074/07/17

प्रतिनिधिसभामा ५९ र प्रदेशसभामा १ सय ९ जनाको उम्मेदवारी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक । 
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरीको ४ वटा प्रतिनिधिसभा क्षेत्रबाट ५९ जना तथा ८ वटा प्रदेशसभा क्षेत्रबाट १०९ जनाले उम्मेदवारी दिएका छन् । 
बिहीबार सम्पन्न मनोनयन दर्ता कार्यक्रम अन्तरगत प्रतिनिधिसभा क्षेत्र १ बाट १४ जना, २ बाट १८ जना, ३ बाट १२ जना र ४ बाट १५ जनाको गरि ५९ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा १ मा ९ र २ मा ९ जनाले उम्मेदवारी दिएका छन् भने २ को १ मा १३ र २ मा २२ जनाको उम्मेदवारी परेको छ । 
त्यसैगरि प्रतिनिधिसभा क्षेत्र नं. ३ अन्तरगत प्रदेशसभा १ मा १९ र २ मा १४ जना तथा ४ को १ मा ११ र २ मा १२ जनागरि १ सय ९ जनाको उम्मेदवारी परेको सो कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट