News Category 2074/07/28

राजविराजलाई सफा, सुन्दर शहर बनाउन सरसफाई अभियान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक । 
राजबिराज नगरपालिका, सप्तरी युथ र वातावरण बिभागद्वारा सरसफाई कार्यक्रम अन्तर्गत वडा नम्वर ४ को मिनी मार्केट, जमा मस्जिद सडकको दक्षिण दायाँ वाँया सडक हुदै नेता चौक सम्मको नाला तथा सडकमा सरसफाई गरिएको छ । 
राजबिराज नगरपालीका प्रमुख शम्भु प्रसाद यादब, उपप्रमुख साधना झा, प्रशासकीय अधिकृत उमेश यादब र वडा अध्यक्ष मो अख्तरले आफै कोतालो, कुचौ लिएर बिहानै नालाको फोहोर निकाल्न उनीहरुले सरसफाई गर्न सुरु गरेका छन् ।
सोमवार राजबिराज नगरपालिका साबिक ३ र हाल वडा ४ मा उनीहरुले एक बिहाने नालामा जमेको फोहार निकाल्न उनीहरु सक्रिय भएका हुन् ।    
यस वडाका मिनी मार्केटको पुर्व, उतर र दक्षिण सडकको अधिकांश नाला सरसफाई नभएको कारण नालाको पानी वाटोमै बग्ने गरेकोले सर्वसधारणलाई आगतजागत गर्न कठिनाई हुने गरेको स्थानियहरुको गुनासो गर्दे आएका थिए । 
सो सरसफाईमा अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सप्तरी युथ नेपाल, राजबिराज नगरपालीकाका कर्मचारीहरु, वडा अध्यक्षहरु वडा सचिवहरु, सामाजिक परिचालकहरु तथा वडावासीहरुले सघाएका थिए ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट