News Category 2074/08/01

प्रचार प्रसार सामाग्रि हटाइयो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक । 
मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सप्तरीमा व्यापक रुपमा आचार संहितको उलंघन भएपछि बिहीबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय र स्थानिय प्रशासनले अग्रसरता देखाएको छ । 
निर्वाचनका लागि जिल्लाका विभिन्न राजनैतिक दलहरुले राजविराजस्थित विभिन्न सार्वजनिक स्थानमा पोस्टर, पम्प्लेट, ब्यानर, तुल, झण्डा झुण्ड्याएपछि निर्वाचन अधिकृतको कार्यालय र स्थानिय प्रशासनले सो सामाग्रिहरु बिहीबारदेखी हटाउन सुरु गरेको हो ।   
राजविराजको गजेन्द्र चौक वरिपरी लगाइएको प्रचार प्रसार सामाग्रिहरु तथा उम्मेदवारको तस्बिरसहित झुण्ड्याइएको तुल, ब्यानर, पोस्टर हटाइएको हो । 
मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगाना, सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, प्रहरी प्रमुख मुकेश सिंह, सशस्त्र प्रहरीका उपरिक्षक रामाधार यादव लगायतको उपस्थितिमा उक्त सामाग्रिहरु हटाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट