News Category 2074/08/20

७२ घण्टाका लागि नेपाल भारत सीमा नाका बन्द

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर । 
मंसिर २१ गते दोश्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि सप्तरीमा सुरक्षा ब्यवस्था कडा पार्नुका साथै नेपाल भारत सीमा नाका मंगलबारबाट ७२ घन्टाका लागि बन्द गरिएको छ  । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि मंगलबारदेखि मंसिर २१ गते निर्वाचन हुने दिन सम्मका लागि ७२ घन्टाका लागि  सवारी साधन र पैदल यात्रुहरुलाई आवतजावतमा रोक लगाइएको छ ।
निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त दुरुस्त र सुदृढिकरण समेत बनाइएको उनले बताए । साथै मतदाताले ढुक्क भएर मतदानस्थलमा गई मतदान गर्न प्रजिअ पाण्डेले सबैलाई आग्रह समेत गरे ।
यस्तै सुरक्षा व्यवस्थापन अन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्तरुपमा चेकजाँच गरिरहेको प्रजिअ पाण्डेले भने ।
यसैबिच नेपाल भारतको हित हुने उदेश्यले अति आवश्यक समस्यामा परेकालाई सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको बिशेष चेक जाचँ गरिसकेपछि मात्र जान दिन सकिने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ  ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट