News Category 2074/08/22

एक सय तीन र छयानब्बे बर्षीय बृद्धबृद्धाद्वारा मतदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
दोश्रो चरणको प्रतिनिधि र प्रदेससभा सदस्य निर्वाचन अन्र्तगत सप्तरीको राजविराजमा एक सय ३ वर्षिया वृद्धाले मतदान गरेका छन् । 
राजविराज नगरपालिका वडा नं. ७ निवासी सोमनीदेवी जोशीले राजविराजस्थित जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रमा मतदान गरेका छन् । 
यस्तै सप्तरीको हुनमानगरमा ९६ बर्र्षीय एक उद्योगीले मतदान गरेका छन् । 
सप्तरीको हनुमानगर कंकालनी नगरपालिका ८ स्थित महाबिर माबि मतदान केन्द्रमा सोही ठाउँ बस्ने समाजसेवी एवं उद्योगपति ९६ बर्षीय सिताराम कावराले मतदान गरेको मतदान अधिकृत बिपिन झाले जानकारी दिए । 
उनी पञ्चायतकालमा जिविसका भुपु सदस्य एवं उद्योग बाणिज्य महासंघ सप्तरीका पहिलो अध्यक्ष हुन् ।   

प्रतिकृया दिनुहोस

ताजा अपडेट