News Category 2074/09/07

ब्लड क्यान्सरबाट पीडित पत्रकार माझीका छोराको उपचरार्थ आर्थिक सहयोग प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
ब्लड क्यान्सरबाट पीडित बालक गणेश कुमार माझीका परिवारलाई बिहीबार आर्थिक सहयोग प्रदान गरिएको छ । 
राजविराजवाट प्रकाशित छिन्नमस्ता साप्ताहिकका प्रकाशक तथा सहसम्पादक रहेका पत्रकार कमानन्द माझिका छोरा ब्लड क्यान्सरबाट पीडित गणेशको उपचारका लागि सप्तरीका सञ्चारकर्मी तथा सप्तरी युथका पदाधिकारीहरुले आर्थिक सहयोग प्रदान गरेका हुन् । 
पत्रकार शैलेन्द्र कुमार सिंहको बिशेष पहलमा सञ्चारकर्मी तथा सप्तरी युथका पदाधिकारीहरुबाट संकलन भएको रु. २२ हजार ५ सय नगद आर्थिक सहयोग प्रदान गरेको सप्तरी युथका बिष्णु यादवले जानकारी दिए । 
जनता मावि खुरहुरीयामा कक्षा १० मा अध्ययनरत रहेका गणेशको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको र थप उपचारको लागि केही दिनपछि दिल्ली लैजानुपर्ने पीडित बालकका बुवा कमानन्दले जानकारी दिएका छन् । 
यता बिगत ३ महिनादेखि ब्लड क्यान्सरबाट पीडित छोरा गणेशको आफनो क्षमताले भ्याएसम्म खर्च गर्दा पनि नपुगी थप रकमको आवश्यक्ता परेका कारण सहयोग गर्न उहाँले सबैसँग आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट