News Category 2074/09/26

फोरम अध्यक्ष यादवले शीतलहर र हुलाकी सडक सम्बन्धमा पहल गर्दै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका शीतलहर पीडितका लागि राहत वितरण र उद्दार कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गरेका छन् । 
द्धयपक्षीय वार्तामा फोरम नेपालका अध्यक्ष यादवले शीतलहर प्रभावित मधेशका जिल्लाहरुमा तत्काल राहत वितरण र उद्दार कार्यलाई प्रभावकारी बनाउन अनुरोध गरेका छन् ।
सप्तरीको क्षेत्र २ बाट निर्वाचित सांसद समेत रहेका अध्यक्ष यादवले प्रधानमन्त्रीसँगको वार्तामा शीतलहर प्रभावित क्षेत्रका जनतालाई न्यानो लत्ता कपडा, आगो बाल्ने दाउरा, औषधिउपचार लगायत राहतका सामाग्रीहरु तत्काल पु¥याउन प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिए । जवाफमा प्रधानमन्त्री देउवाले शीतलहर प्रभावित क्षेत्रमा राहत वितरण र उद्दार कार्यमा जुट्न तत्काल सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता जाहेर गरेका छन् ।
यस्तै तराई मधेशको बहुप्रतिक्षित र महत्वाकांक्षी परियोजना हुलाकी सडकले सप्तरीको सदरमुकाम राजविराजको बीचबाट निकिस्ने भएकोले त्यसलाई शहरको छेउबाट निर्माण गर्न फोरम नेपालका अध्यक्ष यादवले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
राजविराजको बीचबाट सडक बने शहरको संरचना बिग्रिने भएकोले शहरलाई बचाउन राजविराजको छेऊबाट बाइपास सडक निर्माण गर्न यादवले आग्रह गरेका हुन् । उता प्रधानमन्त्री देउवाले राजविराज शहरलाई जोगाउने गरी आगामी मन्त्रिपरिषद्को बैठकबाट हुलाकी सडकबारे निर्णय गरिने आश्वासन दिएका छन् ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकार र प्रदेश सभा गठन लगायतका विषयमा अहिले देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट