News Category 2074/10/19

एक महिनादेखी राहत र चेतना दिदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज १८, माघ ।
चिसोमा कष्टकर जीवन विताउन बाध्य गरिब र  विपन्न समुदायलाई लक्षित गरी न्यानो लुगा र चेतना बाँड्दै आएको धर्मी हल्फा महिला विकास कल्व राजविराजले सो क्रमलाई अझै जारी राखेको छ । 
हेल्पनेपाल नेटर्वक काठमाण्डौंको सहयोगमा विगत एक महिनादेखि जिल्लाको विपन्न बस्तीमा पुगी चिसो पीडित परिवारलाई न्यानो लुगा र चेतना बाँडदै आएको कल्बले विहिवार राजविराज नगरपालिका– ६ स्थित दलित वस्तीमा न्यानो ब्ल्यांकेट र चेतना बाँडेर सो कार्यलाई निरन्तरता दिएका हुन । 
सो बस्तीका ५१ गरिब असहाय परिवारलाई १÷१ थानका दरले न्यानो ब्ल्यांकेट वितरण गरिएको छ । 
राहत वितरण कार्यक्रमका प्रमुख अतिथी कवियत्री एवं सहित्यकार, करुणा झा, पत्रकार मनोज कुमार माझी, विद्यानन्द राम आयोजक कल्बका अध्यक्ष इन्जिनियर सूर्य नारायण यादव, समाजसेवी ईश्वर प्रसाद साह लगायतले चिसो प्रभावित गरिब असहायलाई राहत वितरण गरेका हुन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट