News Category 2074/11/03

प्रदेश २ को मुख्यमन्त्रीमा मो. लालबाबु राउत नियुक्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
जनकपुर, २ फागुन । 
प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् । 
राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेको थियो । 
प्रदेश प्रमुख रत्नेश्वर कायस्थले बुधबार फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिए । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा राउतलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।
कायस्थले मन्त्रिपरिषद् विस्तारका लागि समेत राउतलाई पत्र दिएका हुन् । यो सँगै मन्त्रिपरिषद्को लागि बाटो खुलेको छ । फोरम नेपालको संसदीय दलका नेता समेत रहेका राउतले बिहीबार शपथग्रहण गर्ने छन् । पर्साबाट प्रदेशसभामा निर्वाचित राउत संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुन् । 
राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट