News Category 2074/11/04

प्रदेश २ को उपसभामुखमा उपमा देव निर्विरोध

दैनिक समाचारदाता

दैनिक समाचारदाता
जनकपुर, ३ फागुन । 
प्रदेश २ को उपसभामुखमा संघीय समाजवादी फोरमकी सांसद उपमाकुमारी देव निर्विरोध निर्वाचित भएकी छन् । 
सप्तरीकी देवको उपसभामुखका लागि संसद सचिवालयले प्रकाशन गरेको सूचनाको समयावधि भित्र मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएकी हुन् । 
फोरमका सांसद् ज्ञानेन्द्र यादवले प्रस्ताव गरेको देवलाई राष्ट्रिय जनता पार्टी (राजपा)नेपालकी सुरिता साहले समर्थन गरेका छन् ।
शुक्रबार बस्ने प्रदेशसभा बैठकले उपसभामुख निर्वाचित भएको घोषणा हुने सांसद सचिवालयको कार्यालयले जनाएको छ । प्रदेश २ को सभामुखमा राजपाका सरोजकुमार यादव यसअघि निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट