News Category 2074/11/09

अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा साहित्यिक गोष्ठि आयोजना

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ फागुन । 
अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा मंगलबार राजविराजमा साहित्यिक गोष्ठि आयोजना गरिएको छ । 
मैथिली साहित्य परिषद् राजविराजको आयोजन तथा मैथिल महिला परिषद्को संयोजनमा आयोजित साहित्यिक गोष्ठिमा मैथिली साहित्य परिषद्का अध्यक्ष अशोक कुमार झा, पूर्व अध्यक्ष देवेन्द्र मिश्र, परिषद्का सचिव श्यामसुन्दर यादव, रबेन्द्र रवि, नरेन्द्र देव, किरण झा, कमला भन्साली, विद्या झा ‘डेजी’ पिंकी झा, रमिला साह, शान्ति झा, कमला भंसालीलगायतले रचना वाचन गरेका छन् । 
सो कार्यक्रमका प्रमुख अतिथि मिना ठाकुरले मैथिली जनजनको भाषा भएको भन्दै यसको थप संरक्षण, सम्वद्र्धन एवम् विकास हुनुपर्नेमा जोड दिर्दै वर्तमान संघीय संरचनामा सरकारी कामकाजको भाषाको रुपमा मैथिली हुनुपर्ने आवश्यकता औल्याईन् ।
यस्तै मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष विष्णु कुमार मण्डलले मैथिली भाषा शाहवंशीय शासनकालदेखि नै दमनको शिकार बन्दै आएकोले वर्तमान अवस्थामा समुचित स्थान पाउनुपर्नेमा जोड दिए । आयोजित कार्यक्रममा परिषद्का उपाध्यक्ष सतिश कुमार दत्तले मैथिली भाषालाई शिक्षाको माध्यम बनाउनुपर्ने बताए । 
महिला परिषद्की अध्यक्ष शान्ति झाको अध्यक्षता तथा मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ई. दिब्यानन्द मिश्रको कविता समेत वाचन गरिएको थियो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बुधवार मातृभाषाको समुचित स्थानबारे विचार गोष्ठि मैथिली भवनमा आयोजना गरिने परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट