News Category 2074/11/12

अवैध रुपमा भारत लैजादै गरिएको दुई हजार ६ सय ४० किलो स्याउ बरामद, तीन भारतीयसहित ६ पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ फागुन । 
सप्तरी प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट नेपालबाट भारततर्फ अवैध तरीकाले टेम्पु र साइकलमा लोड गरि लैजाँदै गरेको २ हजार ६ सय ४० किलो स्याउ बरामद गरेको छ । 
उक्त मात्रामा स्याउसहित प्रहरीले तीन भारतीय र तीन नेपाली गरि ६ जनालाई पक्राउ गरेको हो । बरामद गरिएको उक्त स्याउको बजार मुल्य भने झण्डै ३ लाख १० हजार पर्ने प्रहरीले जनाएको छ ।
दुई वटा टेम्पुमा स्याउका कार्टुन राखेर राजविराजबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले तिलाठी कोईलाडी गाउपालिका १ स्थित नेपाल भारतको सिमाना नजिकै ती टेम्पुलाई बिहीबार राती नियन्त्रणमा लिएको हो । 
यता स्याउसहित दुबै टेम्पु र चालक समेतलाई प्रहरीले पक्राउ गरेको छ । स्याउसहित टेम्पु र पक्राउ परेका चालकद्वय राजविराज १५ का सुजित कुमार यादव र छिन्नमस्ता गाउपालिका ५ का भोगिलाल शर्मा रहेका छन् । 
एउटा कार्टुनमा १० किलोका दरले १ सय ८६ कार्टुनमा १ हजार ८ सय ६० किलो स्याउ रहेको र उक्त स्याउको बजार मुल्य झण्डै २ लाख २५ हजार पर्ने प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए । 
यस्तै प्रहरीले जिल्लाको तिलाठी कोईलाडी गाउपालिका १ स्थित नेपाल भारतको बोर्डरमा रहेको बिनोद रायको घरमा स्याउ भण्डारण गरी भारतीय व्यापारीलाई बिक्रि गर्दै गरेको अवस्थामा प्रहरीले ७ सय ८० किलो स्याउ र साइकलसहित तीन भारतीय र एक नेपाली व्यापारीलाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा भारत देश सुपौल जिल्ला कुनौली थाना ५ निवासी निर्मल कुमार कारक, रितेश कुमार महतो, मनिष कुमार महतो, राजिव महतो र भण्डारण गरेका घरमुली तिलाठी कोईलाडी गाउपालिका १ का बिनोद राय रहेका छन् । 
प्रहरीले स्याउ, टेम्पु, साइकल र पक्राउ परेका ६ जनैलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजविराज भन्सार कार्यालय तिलाठी पठाएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट