News Category 2074/11/22

तिलाठी कोइलाडी गापाका अध्यक्ष बिरुद्ध उपाध्यक्षद्वारा अदालतमा निवेदन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले आफ्नो क्षेत्राधिकार भित्रको काम समेतबाट बञ्चित गराएको भन्दै सोमबार उच्च अदालत जनकपुर राजविराज इजलासमा उत्प्रेषण, परमादेश, निषेधाज्ञाका लागि निवेदन दर्ता गराएकी छिन् । 
उपाध्यक्ष यादवले तिलाठी कोइलाडी गाउँपालिका, गाउँ सभा, गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह र प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झालाई विपक्षि बनाई अदालतमा उक्त निवेदन दर्ता गराएकी हुन् । 
एकीकृत योजना तर्जु बैठकको अध्यक्षता उपाध्यक्षले गर्ने व्यवस्था हुँदा हुँदै आफूलाई सोबाट बञ्चित गराएको, २०७४ माघ १ गते सम्पन्न गाउँपालिकाको बैठकबाट गाउँ सभा गाउँपालिकाको केन्द्रमै गर्ने निर्णय भएको हुँदा गाउँ सभा हुने विषयमा आफूलाई सूचना समेत नदिई गोप्य तरीकाबाट राजविराज २ स्थित आशिया पार्टी प्यालेशमा सम्पन्न गरेको उपाध्यक्ष यादवले दर्ता गराइएको निवेदनमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट