News Category 2074/11/30

वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ फागुन । 
सप्तरी क्रिकेट संघको सहकार्य तथा राजबिराज नगरपालिका वडा नं. ५ को आयोजनामा मंगलबारदेखी वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । 
राजबिराजस्थित पबिमाबिको क्रिकेट मैदानमा शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा वडा नंं ३ ले वडा नं. ९ लाई ९ बिकेटले पराजित गर्दै बिजयी शुरुवात गरेको छ । 
टस जिते पनि वडा नं. ३ ले पहिलो ब्याटिंगका लागि वडा नं ९ लाई आमन्त्रण गरेको थियो । जसमा वडा नंं ९ का टोली निर्धारित २० ओभरको खेलमा १८ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई ७५ रनमै समेटिएको थियो । 
वडा नं. ९ को प्यानेल्टी वापत अम्पाएर निरज सिंहले ५ रन समेत काटेका थिए । वडा नं. ९ लाई सस्तोमा समेटन वडा नं. ३ का तर्फबाट रोबिन सिंहले घातक बलिंग गर्दै ३ ओभर ५ बलमा १३ रन दिई ३ बिकेट लिएका थिए भने अन्य बलरमा बिवेक यादवले २ तथा रोहित सिंह, निरज यादव र दयानन्द साहले सामान १ बिकेट लिएका थिए । 
७६ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ३ ले उक्त लक्ष्य १० ओभर २ बलमा केवल १ बिकेटकै नोक्सानीमा भेटाएका थिए । वडा नं. ३ का लागि रोहन बिक र बिकास दासले नटआउट रहि क्रमश ः ३५ र २६ रनको योगदान दिएका थिए भने निरज यादवले १३ रनको योगदान दिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ३ का रोहन बिक घोषित भएका थिए । 
यसअघि राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु यादवले ब्याटिंग गर्दै प्रतियोगिताको उदघाटन गरेका थिए । कार्यक्रममा नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष शत्रुघन प्रसाद गुप्ता, राजबिराज वडा नं. ११ का अध्यक्ष संजय कुमार यादव, वडा नं. ३ का वडा अध्यक्ष मो. अख्तर, पुर्व बरिष्ठ क्रिकेटर सुरेन्द्र नाथ सिंह, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, ग्रिन नेपालका अध्यक्ष खेलानन्द यादव लगायतको उपस्थिती रहेको थियो । 
यस्तै बुधवारको पहिलो खेल वडा नं. २ ले वडा नं. ६ संग तथा दोश्रो खेल वडा नं. ३ र वडा नं. ४ बिच हुने वडा नं. ५ का अध्यक्ष समिर झाले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट