News Category 2074/11/29

दुई दिनमा दुई सामूहिक बलात्कारका घटना सार्वजनिक

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ फागुन । 
सप्तरीमा दुई दिनमा दुई सामूहिक बलात्कारका घट्नाहरु सार्वजनिक भएका छन् ।
पछिल्लो पटक जिल्लाको शम्भुनाथ नगरपालिका ३ कचन्दाहाकी १८ वर्षिया एक दलित युवतीलाई आइतबार राती पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।  यता बलात्कार गर्ने मध्येबाट दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ भने तीन जना फरार छन् । पक्राउ पर्नेमा अन्दाजी २० वर्षका अजय चौधरी र एटलान्टी चौधरी रहेका छन् ।
आफ्नो घरमा रहेको बिरामीका लागि नजिकैको औषधि पसलमा औषधि खरीद गर्न गएको बेला ती युवाहरुले नियन्त्रणमा लिई करणी गरेको प्रहरीलाई उद्धृत गर्दै युवतीको भनाई छ ।
सोही गाउँमै एउटा विवाह भइरहेको बेला विवाहस्थल भन्दा सय मिटरको दूरीमा ती युवाहरुले उनलाई नियन्त्रणमा लिई गहुँ खेतमा लगेर बलात्कार गरेको प्रहरीलाई उद्धृत गर्दै युवतीको भनाई छ ।
यता जिल्ला प्रहरी प्रमुख एसपी मुकेश सिंहले फरार रहेका अन्यको खोजी जारि रहेको बताउँदै पीडित युवतीको मेडिकल समेत गराइने जानकारी दिए । 
यसअघि जिल्लाको बिष्णुपुर गाउँपालिका ७ की एक महिलालाई शनिबार साँझ दुई जनाले सामूहिक बलात्कार गरेका छन् ।
राजविराजबाट आफ्नो घरतर्फ जाँदै गर्दा ३३ बर्षीया ती महिलालाई दुई जनाले नियन्त्रणमा लिई कोशी पश्चिमी नहरको झाडीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । 
यता सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश सिंहले दुबै घट्ना छानबिन भइरहेको बताउँदै बलात्कारीलाई पक्राउ गर्न चारैतिर प्रहरी परिचालन गरिसकेको जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट