News Category 2074/12/02

शिक्षक संघ सप्तरीमा मण्डल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ चैत ।
नेपाल शिक्षक संघ, सप्तरीको ८औँ जिल्ला अधिवेशनबाट शैलेन्द्र मण्डलको नेतृत्वको प्यानलै विजयी भएको छ । 
बुुधबार साँझ सम्पन्न निर्वाचन परिणमअनुसार मण्डलले ८७६ मत प्राप्त गरी विजयी भएका हुन् । उनको निकटम प्रतिद्वन्द्वी सूर्यनारायण यादवले ५५७ मत प्राप्त गरे । 
यस्तै महिला उपाध्यक्षमा अरहुलकुमारी साहले ८८९ मत प्राप्त गरी विजयी भएका छन् भने उहाँकी निकटतम प्रतिद्वन्द्वी चित्रलेखा देवले ५२६ मत प्राप्त गरिन् । 
अर्का उपाध्यक्ष भगवतीप्रसाद चौधरी ८८३ मत र सचिवमा विश्वनाथ भदेश्वार यादवले ८४६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी श्यामकुमार चौधरीले ५७१ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक विद्यानन्द झाले जानकारी दिए । 
यस्तै, अर्थ सचिवमा पञ्चदेव चौधरी, सचिव (महिला) मा रञ्जना यादव, र सचिव पुरुषतर्फ लक्ष्मण मेहता विजयी भएको निर्वाचन समितिका संयोजक झाले जानकारी दिए । 
सचिव अर्थ (महिला)मा शोभा यादव, सचिव (समावेशी)मा छत्रनारायण यादव र सुन्दर रजक विजयी भएका छन् । 
सदस्यमा मो असगर, गजेन्द्र मण्डल, सूर्यनारायण ठाकुर, विनयकुमार यादव, आशा यादव, सुशीला चौधरी र सुनिता चौधरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 
संघीय प्रतिनिधितर्फ पर्शुराम यादव, महेन्द्रप्रसाद यादव, प्रमोद कटुवा, विनोदकुमार साह विजयी भएका छन् भने संघीय प्रतिनिधि महिलातर्फ गीता चौधरी र कामना ठाकुर विजयी भए ।  यता प्रदेश प्रतिनिधितर्फ शोभाकुमारी यादव, पुष्पा देव, सत्यनारायण यादव, दिनेशकुमार मण्डल, अनुजकुमार गुप्ता, धर्मदेव साह, जगदीशप्रसाद यादव विजयी भएको निर्वाचन समितिले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट