News Category 2074/12/02

विद्युत् हुकिङ गर्नेहरुबाट १८ लाख जरिवाना असुल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ चैत ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण अभियानबाट रु १८ लाखभन्दा बढी असुली गरेको छ ।
विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरूप उक्त रकम असुल गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले जानकारी दिएका छन् । 
विद्युत् पोलमा हुकिङ गरेको र मिटरमा चोरी गरेकोबाट रु १८ लाख १२ हजार २८१ जरिवाना असुल गरेको उनले बताए ।
विद्युत् चोरी गर्ने ३५४ जनामाथि कारवाही गरेर प्रत्येक व्यक्तिबाट रु पाँच हजारका दरले समेत जरिवाना रकम असुलउपर गरेको प्रमुख साहले जानकारी दिए । 
सो अभियानअन्तर्गत हालसम्म जिल्लाका विभिन्न गाउँ, र शहरमा सिधै हुकिङ गरेर प्रयोग गरेका तीन हजारभन्दा बढी व्यक्तिको घरमा हुकिङ हटाइएको प्राधिकरणले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट