News Category 2074/12/24

बसको ठक्करबाट दुईको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ चैत । 
पूर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको  सुरुङगा नगरपालिका ४ कदमाह सडक खण्डमा बसको ठक्क्रबाट शुक्रबार दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्व तर्फ  जादै गरेको ना.५ख ६०२ नम्बरको बसको टायर पञ्चर भई अनियन्त्रित भई बिपरित दिसाबाट आउदै गरेको स.७ प ७१५० नम्बरको मोटरसाइकललाई  ठक्कर दिदाँ मोटरसाइकल चालक सप्तरीको कन्चनरुप नगरपालिका ८ बस्ने ४० बर्षीय शम्भु स्वर्णकार र  सोही मोटरसाइकल पछाडी सवार लाहान नगरपालिका १ बस्ने ३४ बर्षीय संदिप साहको मृत्यु भएको प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका स्वर्णकार र साहको लहानस्थित सप्तऋषी अस्पतालमा उपचारको लागि भर्ना गरे पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक सिहले बताए ।
यता ठक्र दिने बस र  चालकलाई प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट