News Category 2075/01/01

दुबै देशका जनतालाई आवतजावतमा सेवा पु¥याएको भन्दै आर्थिक सहयोग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले नेपाल भारत सीमा जोड्ने बासको पुल निर्माणमा दशकौंदेखी योगदान पु¥याएको भन्दै एक परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । 
बिगत दुई तीन दशकदेखी बाँसको पुल निर्माण गरेर दुबै देशका जनतालाई आवतजावतमा सहयोग पुगेको भन्दै सोही गाउँपालिका १ बेल्हीका रामचन्द्र रायलाई नगद ५१ हजार प्रदान गरिएको छ । 
गाउँपालिका अध्यक्ष सतिश सिंहले एक कार्यक्रमबीच सो रकमको चेक रायलाई हस्तान्तरण गरेका हुन् । राय परिवारको पुल निर्माणमा ठूलो योगदान रहेको भन्दै कदर स्वरुप उक्त रकम प्रदान गरिएको अध्यक्ष सिंहले बताए । सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष सुचिता यादव समेतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट