News Category 2075/01/12

आगलागिमा दश लाख बराबरको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख । 
सप्तरीको विभिन्न स्थानमा अहिले आगलागिका घटनाहरु बढ्दै गएको छ । 
आगलागिका घटना हुनेमा प्राय गाईबस्तुमा लाग्ने लामखुट्टेका लागि बालिने घुर मुख्य कारण बनेको छ ।  
यसैबीच जिल्लाको शम्भुनाथ नगरपालिका १२ अर्नाहामा मंगलबार बिहान भएको आगलागिमा झण्डै दश लाख बराबरको क्षति भएको छ । 
स्थानिय गुल्बी साहको घरमा बालेको घुरबाट सल्केको आगोले उनको एक तथा घरभित्र रहेको सरसामान, लत्ताकपडा, भाडावर्तन समेत जलेर नष्ट भएको । 
त्यस्तै सोही आगोबाट छिमेकी मो. हैदर, मो. अकमल, मो. नजि उल्लाहको गरि तीन घरमा रहेको सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा ९ लाख ८४ हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त आगो स्थानियवासी नेपाल प्रहरी, सशस्त्र प्रहरी र बारुण यन्त्रको प्रयासबाट नियन्त्रण आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट