News Category 2075/01/17

जापानी संस्थाको सहयोगमा भूकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ बैशाख । 
जापानी संस्थाको सहयोगमा सप्तरी जिल्लामा निर्माण भएको भूकम्प प्रतिरोधात्मक तीन कोठे विद्यालय भवन आइतबार हस्तान्तरण गरिएको छ । 
जिल्लाको तिलाठी कोइलाडी गाउँपालीकास्थित पब्लिक मा.वि. लौनिया तिलाठीमा जापानको “एशोसिएशन फर नेपाल साइनेप्स सेल्फ रिलायन्स सपोट इन जापान” नामक संस्थाको सहयोगमा निर्माण गरिएको उक्त विद्यालय भवन एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । 
जम्मा ३६ लाखको लागतमा क्रिएशन नेपाल समन्वयमा निर्मित उक्त भवनको सम्पूर्ण काम सकिएपछि जापानी संस्था ए.एन.एस.एस.एस.जे. का नेपाल प्रमुख मि.केईको. वडाले रिवन काटी विद्यालय हस्तान्तरण गरेका हुन् । कृषि, शिक्षा, सामुदायिक विकासको क्षेत्रमा एक दशकदेखि नेपालमा काम गर्दै आएका उक्त संस्थाले सप्तरीमा पहिलो पटक विद्यालयलाई सहयोग गरेको हो ।
फरडेज कम्पनीका मालिक रहेका वाडाले भवन हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुलाई भवनमा विद्यार्थीहरुलाई राम्रो संग पढ्न आग्रह गर्दै पढेपछि सामाजिक काम समेत गर्न सुझाव समेत दिए । सोही संस्थाले सप्तरीका साथै सिन्धुली र सिन्धुपालचोक समेतको विद्यालयमा यस्तै भवन विद्यालयलाई निर्माण गरी हस्तान्तरण गरिसकेको छ । 
यता विगत १३ वर्षदेखि नेपालको विभिन्न भागमा युवा विकास, स्वयम सेवा र वातावरणको क्षेत्रमा काम गर्दै आएका आयोजक संस्था क्रिएशन नेपालका अध्यक्ष आनन्द मिश्राले आफ्नो जिल्लामा काम गर्ने वातावरण निर्माण भएकोले अव जिल्लाको विकासमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । उनले क्रिएशनले २०१५ को विनाशकारी भूकम्पको पश्चात पूर्नर निर्माणलाई प्राथमिक्तामा राखेपछि ए.एन.एस.एस.एस.जे.को सहयोगमा अहिले सम्म नेपालको विभिन्न जिल्लामा १० वटा भूकम्प प्रतिरोधी विद्यालय भवन, ललितपुरमा ४९ घर र १ सामुदायिक भवन सहितको एकिकृत वस्ती निर्माण गरेको अध्यक्ष मिश्रले जानकारी दिए ।
भवन निर्माणमा स्वयमसेवकको काम गरेका युवा अनुपम मिश्राले जापानका ए.एन.एस.एस.एस.जे. संस्थालाई सप्तरी जस्तो पिछडीएको क्षेत्रमा लगानी गर्न र यहाँको खस्कीदो शिक्षाको साथै सामाजिक विकासको काममा हात हाल्न सुझाव समेत दिए । 
भवन हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, विद्यार्थीहरु, समाजका भद्रभलादमीहरु तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट