News Category 2075/01/22

पत्रकार महासंघको प्रदेश समिति निर्वाचन आज हुँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ वैशाख ।
नेपाल पत्रकार महासंघको प्रदेश समितिका लागि शनिबार सातै प्रदेशमा एकै पटक निर्वाचन हुनगइरहेको छ । 
मुलुक संघीय प्रणालीमा गइसकेपछि पत्रकार महासंघले पनि प्रदेश समिति चयन गर्न सो निर्वाचन गर्न लागेको हो । 
२१ सदस्यीय कार्य समितिका लागि हुन गइरहेको निर्वाचनमा सातै प्रदेशमा प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त गठबन्धन गरेर साझा उम्मेदवारी दिएको छ । 
यता प्रदेश २ मा भने यी गठबन्धन बाहेक संघीय प्रेस फोरम र संयुक्त समावेशी मधेशी पत्रकार गठबन्धनका तर्फबाट समेत उम्मेदवारी परेको छ । संयुक्त गठबन्धनबाट अध्यक्षमा दिपेन्द्र चौहान, फोरमबाट बिजय कुशवाहा र संयुक्त समावेशी मधेशीबाट बिरेन्द्र कुमार रमणको उम्मेदवारी परेको हो । 
त्यस्तै उपाध्यक्षमा संयुक्त गठबन्धनबाट के.सी. लामिछाने र संयुक्त मधेशीबाट गणेश प्रसाद साहको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा संयुक्त गठबन्धनबाट रिङ्कुकुमारी मिश्र, फोरमबाट अनामिका ठाकुर र संयुक्त मधेशीबाट दिपिका साह उम्मेदवार बनेकी छिन् । 
त्यस्तै महासचिवमा संयुक्त गठबन्धनबाट किरण कुमार कर्ण, फोरमबाट भोलाकुमार पासवान र  संयुक्त मधेशीबाट रामानन्द गुप्ताको उम्मेदवारी परेको छ भने मणिलाल विश्वकर्माको नाम रहेपनि उनले किरण कुमार कर्णलाई समर्थन दिएका छन् । 
यसैगरि सचिवमा संयुक्त गठबन्धनबाट गुरुप्रसाद गौतम र संयुक्त मेधशीबाट विरेन्द्रकुमार यादव तथा समावेशी सचिवमा संयुक्त गठबन्धनका तर्फबाट रामनारायण विश्वास र संयुक्त मेधशीबाट  सञ्जीवकुमार झाले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षमा संयुक्त गठबन्धनका तर्फबट प्रविण साह र संयुक्त मधेशीबाट हेमशंकर सिंहको उम्मेदवारी परेको छ । 
यसैगरि सदस्य सदस्यमा संयुक्त गठबन्धनका अजित कुमार सिंह, धिरेन्द्र राय, भोजराज भट्टराई, राजन कुमार सिंह, शैलेन्द्र झा तथा संयुक्त मधेशीबाट अनिल पोखरेल, आलोक पाण्डेय, प्रमोदकुमार साह, मुसहरुयम महतोको उम्मेदवारी परेको छ । 
आदिवासी जनजाति सदस्यमा संयुक्त गठबन्धनबाट जगत राई, जितलाल श्रेष्ठ र संयुक्त मधेशीबाट रविन्द्र कुमार श्रेष्ठ उम्मेदवार बनेका छन् । त्यस्तै मधेशी सदस्यमा संयुक्त गठबन्धनबाट अजय कुमार साह, बैद्यनाथ चौधरी र संयुक्त मधेशीबाट दिपककुमार कर्णको उम्मेदवारी परेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट