News Category 2075/01/27

सप्तरीका युवकको साउदीमा मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख । 
बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका एक सप्तरीका युवकको मृत्यु भएको छ ।
सप्तरी खडग नगरपालिका वडा नं. ९ लालपटी का २४ वर्षिय संजय साहको गत मंगलवार मृत्यु भएको परिवारजनले बताएका छन् ।
गत सोमवार काम गरेर राती कोठा आएर घरमा फोन गरेपछि उनी खाना खाएर सुते र बिहान साथीहरुले उठाउन जादाँ उनी मृत अवस्थामा भेटेको साथीहरुलाई उदृत गर्दै संजयका दाई उमेश साहले जानकारी दिए ।
२०७३ साल असाार ९ गते मिडिल ईस्ट म्यानपावर कम्पनी काठमाडौंबाट संजय बैदेशिक रोजगारका लागि साउदीको अल्फानार कन्सट्रक्सन कम्पनीमा कम्प्युटर सम्वन्धी काम गर्दे आएका थिए । 
यता मृतक साहको साउदीबाट लास ल्याउन बैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने सवल नेपाल र सुचना तथा परार्मश केन्द्र राजबिराजले पहल गरिरहेको मिडिया अधिकृत चन्दनकुमार यादबले बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट