News Category 2075/02/10

नेकपाको केन्द्रीय सदस्यमा सप्तरीका चार नेता मनोनित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ जेठ । 
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा सप्तरीबाट चार जना नेता मनोनीत भएका छन् । 
माओवादीको तर्फबाट अशोक मण्डल “अमर”, नेकपा एमालेका तर्फबाट सत्यनारायण मण्डल, सुमनराज प्याकुरेल र रामप्रित पासवान केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । 
यसअघि छुट्टाछुट्टै पार्टी हुँदा केन्द्रीय कमिटीमा बसेका चारैजना नेता नवगठित पार्टीको पनि केन्द्रीय सदस्य बनेका हुन् । माओवादीका तर्फबाट केन्द्रिय सदस्य बनेका अशोक मण्डल यसअघि पोलिटब्यूरो सदस्य थिए भने एमालेका तीनै जना स्थायी समिति सदस्य थिए । 
अशोक मण्डल पूर्व सभासद् हुन् भने सत्यनारायण मण्डल प्रदेश नं. २ का प्रदेश सभा सदस्य, सुमनराज प्याकुरेल राष्ट्रिय सभा सदस्य र रामप्रित पासवान राष्ट्रियसभाका पूर्वउपाध्यक्ष हुन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट