News Category 2075/02/11

कम्युनिष्टहरु आफू पनि र मुलुकलाई पनि तहसनहस गर्ने बाटोमा ः उपेन्द्र यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० जेठ । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्टहरु आफू पनि र मुलुकलाई पनि तहसनहस गर्ने आरोप लगाउनु भएको छ । 
संघीय समाजवादी फोरम नेपाल सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो आरोप लगाउनु भएको हो ।
अध्यक्ष यादवले विश्वका अन्य देशमा बनेका कम्युनिस्टहरु ध्वस्त भइसकेको र उनीहरुको ध्वस्तसँगै ती देशहरु पनि बर्बाद भइसकेको उदाहरण समेत दिनुभयो । पोल्याण्ड, हंगेरी, चेकास्लाभिया, रोमानिया, सोभियत संघ, युगोस्लाभिया जस्ता देशमा कम्युनिस्ट शासन भएपनि ती शासनसँगै कम्युनिस्टहरु ध्वस्त भएको उल्लेख गर्नुभयो । 
अध्यक्ष यादवले मुलुकमा बेरोजगारी समस्याका कारण अहिले युवाहरु विदेश पलायन भइरहेको अवस्थाको कारक कांग्रेस र कम्युनिस्ट रहेको अरोप लगाउनुभयो । अध्यक्ष यादवले मुलुकमा रहेको जुट मिल, जनकपुर चुरोट कारखाना, भुकुटी कागज, बाँसबारी छाला जुत्तासहितका ४ सय भन्दा बढी उद्योग कांग्रेसले उदार अर्थ व्यवस्था नीति ल्याएर विगारेको र त्यसमा कम्युनिस्टहरुले पनि सहयोग गरेको भन्नुभयो । 
उहाँले मधेशी, आदिवासी, जनजातिसहित मुलुकका हरेक जनतालाई समृद्व बनाउन संविधान संशोधन आवश्यक रहेको जनाउँदै प्रदेश नं. २ समृद्व नभएसम्म मुलुक समृद्व बन्न नसक्ने बताउनुभयो । उहाँले प्रदेश नं. २ का जनता अधिकार सम्पन्न, आर्थिक रुपले समृद्व भए मात्र पुरै नेपाल समृद्व हुने बताउनुभयो ।
सो कार्यक्रममा राजपाका केन्द्रिय सदस्य एवं छिन्नमस्ता गाविसका पूर्वअध्यक्ष सत्यनारायण यादवसहित छिन्नमस्ता र विष्णुपुर गाउँपालिकाका सयौं व्यक्ति फोरम नेपालमा प्रवेश गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट