News Category 2075/02/14

नगरको वडामा बाटो फराकिलो कार्यले पायो तिब्रता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ जेठ । 
राजविराज नगरपालिका वडा नं. ५ मा विकासीय कार्यले तिब्रता पाएको छ । झण्डै डेढ दशक भन्दा बढी समयदेखी स्थानिय जनप्रतिनिधिबिहीन रहेको अवस्थामा विकासीय कार्यहरुले तिब्रता नपाएको अवस्थामा अब सो कार्यले तिब्रता पाएको हो । 
हाल राजविराज नगरपालिकाको विभिन्न वडाको टोलहरुमा उपभोक्ता समिति, कोटेशन तथा सहरी विकास डिभिजन कार्यालय मार्फत बाटो फराकिलो र नाला समेत निर्माणका लागि विकासीय कार्यलाई तिब्रता पाएको छ । 
अहिले वडा नं. ५ को सरस्वती टोल तत्कालिन जिल्ला शिक्षा कार्यालय सप्तरी जाने बाटो फराकिलो र नाला निर्माण कार्य भइरहेको वडा अध्यक्ष समिर झाले जानकारी दिएका छन् ।
दुई सय बढी घरहरु रहेको उक्त क्षेत्रमा बाटो फराकिलो गर्ने क्रममा आइतबार ४३ घरहरुको कम्पाउण्ड वाल तथा घरको छझी भत्काइएको छ ।सो टोलको बाटो ६ मिटर र एकतर्फ नाला निर्माण कार्यलाई तिब्रता दिइएको अध्यक्ष झाले बताए । सहरी विकास डिभिजन कार्यालयमार्फत भइरहेको कामको वडा अध्यक्ष स्वमले निगरानी गरिरहेका छन् ।
सो टोलमा बाटोका साँघुरो भएकै कारण बारुणयन्त्र तथा घर निर्माण प्रयोजनका लागि मालसमानहरु लैजान यातायातका साधनहरु मुस्किलैले जाने गरेकोले त्यहाका स्थानियहरुले वर्षौदेखी दुःख समेत भोग्नु परेको थियो । बाटो फराकिलो भएपछि सो टोलमा ठूला ठूला यातायातका साधनहरुपनि सजिलै जानसक्ने स्थानियले बताए । 
हाल सो वडामा तीन वटा उपभोक्ता समिति, तीन वटा कोटेशन र तीन वटा सहरी विकास डिभिजन कार्यालय मार्फत बाटो निर्माण तथा फराकिलो गर्ने कार्य भइरहेको छ । 
राजविराज नगपालिकामा हाल १६ वटा वडाहरु रहेका छन् भने उक्त १६ वटै वडा मध्ये वडा नं. ५ ले हाल विकासीय कार्यलाई तिब्रता दिनुका साथै वडा समितिका प्रतिनिधिहरु समेतले आफ्नो निगरानी बढाएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट