News Category 2075/02/23

सरकारी उदासिनताले कृषि क्षेत्र उपेक्षित ः मन्त्री साह

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ जेठ । 
प्रदेश नं. २ का  भुमी व्यवस्था, कृषि तथा शहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले विगतका सरकारले मधेशका कृषि क्षेत्रलाई उपेक्षित गरेको आरोप लगाएका छन् । 
भुमी व्यवस्था, कृषि तथा शहकारी मन्त्रालय प्रदेश नं २ जनकपुर तथा राजविराज नगरपालिका पशुपंक्षी विकास शाखाको संयुक्त आयोजनामा मंगलबार सञ्चालित एक दिने, पशु स्वास्थ्य तथा वाझोपना निवारण शिविरको उदघाटन गर्दै मन्त्री साहले सो आरोप लगाएका हुन् ।
अहिले मुलुक संघीयता गइसकेकोले प्रदेश नं. २ कृषि क्षेत्रमै बढी आधारित रहदा यसको उचित सम्बद्र्धन र विकास अत्यन्त आवश्य रहेको जिकिर गरे । उनले यसअघिको केन्द्रिय सरकारले कृषि क्षेत्रमा उचित ध्यान नदिएको कारण अहिले प्रदेश सरकार यसप्रति गम्भिर भएर आगामी बजेटमा प्राथमिकताका साथ कृषि क्षेत्रमा बजेट बिनियोजन गर्ने जानकारी दिए । 
प्रदेशलाई समृद्ध प्रदेश वनाउने सपना कृषिवाट मात्र सम्भव रहेकाले प्रदेश सरकारले कृषि, सिचाई र कृषि उत्पादन उद्योग सञ्चालनमा विशेष जोड दिएको उनले वताए । 
वडा नं. ९ का अध्यक्ष शम्भु यादवको अध्यक्षतामा आयोजित शिविर उदघाटन समारोहमा भुमी व्यवस्था,कृषि तथा शहकारी मन्त्रालय प्रदेश २ का सचिव विजय चन्द्र झा, राजविराज नगरपालिकाका मेयर शभ्भु यादव, पशुपक्षि विकाश शाखाका संयोजक परमेश्वर यादव लगायतले शिविरको महत्ववारे चर्चा गरेका थिए ।
शिविरमा पशु रोग विशेषज्ञ डा.विजय चन्द्र झा, डा.शिवन्नदन यादव, डा.भाजु राम महतो तथा प्राविधिकद्धय योगेन्द्र यादव र परमेश्वर यादवले उपचार सेवा र पशुपालक किसानलाई आवश्यक प्रशिक्षण प्रदान गरेका छन । 
शिविरमा वाझोपन, बन्ध्याकरण, गोवर परिक्षण, कृत्रिम गर्भाधान,पिपिआर खोप, खोरेत खोप, एचएस विक्यु खोप, आन्तरिक परजीवी नियन्त्रण लगायतका उपचार सेवा सँगै सम्पूर्ण औषधी निःशुल्क उपलब्ध गराएको संयोजक यादवले वताए । उक्त शिविर प्रदेश २ का सवै ८ वटै जिल्लामा असार महिना सम्म सञ्चालन हुने प्रदेश २ का भुमी व्यवस्था,कृषि तथा शहकारी मन्त्रालय का सचिव झाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट