News Category 2075/03/03

ज्वाई र श्रीमान्को हत्यामा संलग्न बाबुछोरी सार्वजनिक

दैनिक समाचारदाता

राजविराज÷आप्mनो ज्वाई र श्रीमान्को हत्यामा संलग्न वावुछोरीलाई पक्राउ गरी सप्तरी प्रहरीले शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 
गत विहिवार राजविराज ९ मलेठ स्थित ससुराली आएका वेला हनुमाननगर कंकालिनी नगरपालिका १ त्रिकौल निवासी २८ वर्षिय दिपेन्द्र मण्डललाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका २३ वर्षिया पत्नि अन्जना र ५५ वर्षिय ससुरा राम दयाल साहलाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुले अत्याधिक मदिरा सेवन गरी आएका दिपेन्द्रले दुब्र्यवहार गर्न थालेपछि आवेशमा आई सामान्य कुटपिट गरेको वताएका छन् । प्रहरीले भने कुटपिटका क्रममा दिपेन्द्रको सम्वेदनशिल अंग तथा विभिन्न भागमा गहिरो चोट लागेर मृत्यु भएको पोष्टमार्टम रिपोर्टवाट देखिएको जानकारी दिएको छ । अन्जना मृतक दिपेन्द्रको कान्छि श्रीमती हुन् ।
डिएसपी भावेश रिमालले पक्राउ परेका वावु छोरीलाई कर्तब्य ज्यान शिर्षक मुद्दामा कारवाही अगाडि वढाईएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट