News Category 2075/03/21

८ वर्षिया बालिकालाई बलात्कार गर्न खोज्ने ५५ वर्षिय साह पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० असार । 
सप्तरी प्रहरीले ५५ वर्षिय ब्यक्तिलाई एक ८ वर्षिया वालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।
जिल्लाको बोदेवर्साईन नगरपालिका ९ का ५५ वर्षिय सुर्यनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । साहले वालिकालाई कब्जामा लिएर तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित स्थानीय लक्ष्मी नरसिंह माध्यमिक विद्यालयमा लगि वलात्कार प्रयास गरेको प्रहरीको आरोप छ ।
सो घटना पश्चात् फरार भएका साहलाई घटनाको भिडियोका आधारमा खोजतलास गरी नियन्त्रणमा लिईएको डिएसपी भावेश रिमालले जानकारी दिएका छन् । 
साहले ती वालिकासँग यौन दुब्र्यवहारको प्रयास गर्दै गरेको अवस्थामा एक जनाले (नाम नखुलाएको) लुकेर सोको भिडिओ बनाएका थिए । भिडियो वनाउने ब्यक्तिको नाम भने अनुसन्धानमा वाधा पर्ने भन्दै प्रहरीले सार्वजनिक गरेको छैन ।
सोही भिडियो आधारमा पीडित पक्षको किटानी जाहेरी पनि परिसकेकाले चाँडै अनुसन्धान पुरा गरेर आवश्यक कारवाही अघि वढने उनले बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट