News Category 2075/04/01

बिष्णुपुर गाउँपालिकाको बजेट १९ करोड ३८ लाख

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३२ असार ।
सप्तरीको बिष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोश्रो गाउँसभाले आगामी आर्थिक वर्ष २०७४÷०७६ का लागि १९ करोड ३८ लाख ५३ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।
गाउँसभाले आर्थिक बर्ष ०७५÷०७६ मा संघीय सरकारबाट प्राप्त बित्तिय समानीकरण अनुदान  १६ करोड ८३ लाख, प्रदेश सरकारबाट अनुदान रु. २७ लाख, प्रदेश सरकारबाट सशर्त अनुदान ५० लाख र आन्तरिक श्रोतबाट १ करोड १० लाख, राजश्व बाँडफाँडबाट १८ लाख र गत आ.ब. को मौज्दात ४९ लाख ६३ हजार गरि १९ करोड ३८ लाख ५३ हजारको आय व्यय बिनियोजन गरेको छ ।
यस्तै सोही सभाले आगामी आर्थिक बर्ष ०७५÷०७६ सशर्त अनुदान तर्फ शिक्षा, शिक्षा, महिला विकास, पशु विकास, कृषि विकासतर्फ ८ करोड ६५ लाख, जेष्ठ नागरिक दिर्घ सेवा सम्मान र सामाजिक सुरक्षा कार्यक्रमतर्फ ४ करोड, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ १२ लाख, स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ १० लाख ६० हजार र नगर विकास कोष ऋणतर्फ ५ करोड बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष निलाम्बर यादवले जानकारी दिएका छन् । 
आगामी बजेटले प्रत्येक वडामा सडक पुर्वाधार, शैक्षिक गुणस्तरीयता र खानेपानी तथा सरसफाईका लागि एकिकृत बजेट बनाएर खर्च गरिने अध्यक्ष यादवको लक्ष्य रहेको छ । गाउँसभा समापन कार्यक्रममा गाउँसभा सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजितजंग अधिकारीलाई दोसल्ला ओढाएर सम्मान समेत गरे ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट