News Category 2075/04/02

बजाज खडक र बोदे बर्साईनबीच फाइनल आज

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ साउन । 
राजबिराजमा संचालित प्रथम मेयर कप सप्तरी प्रिमियर लिगको फाइनल खेल आज बजाज सडक वारियर्स र बोदे बर्साईन थन्डर्सबीच हुने भएको छ । 
राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा संचालित मंगलबारको अन्तिम लिग खेलमा बजाज खडक वारियर्सले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 
तीन टोलि सहभागी लिग खेलको समाप्ति पछि ४ खेलमा शतप्रतिशत जितको साथ समुह बिजेताको रुपमा बजाज खडक वारियर्स तथा ४ मध्ये २ खेलमा जित र २ खेलमा हारको साथ उपविजेताको रुपमा बोदे बर्साइन थन्डर्स फाईनलमा प्रवेश गरेको जस्हो । यता मेहबुब आलम कप्तानीको तिलाठी कोइलाडीले भने ४ वटै खेलमा पराजित भएको छ । 
यता पब्लिक विन्देश्वरी स्कुल मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको तिलाठी कोइलाडीले २० ओभरमा ९ विकेट गुमाएर ११२ रनको योगफल तयार गरेको थियो । जसमा ओपनर राहुल मण्डलले सर्वा्धिक ३० रन, संसाद शेखले २२ रन तथा बिकाश दासले १६ रन बनाएका थिए । बलिङ्गतर्फ बजाज खडक वारियर्स बलर गोमनन्द अमथ, उपेन्द्र रोय, बिबेक यादब र पुष्प थापाले २र२ विकेट हात पारे । 
११३ रनको लक्ष्य वारियर्सले १६.५ ओभरमा पछ्यायो । ओपनर हरिशंकर शाहले अविजित ४७ रन तथा कप्तान बिबेक यादबले अविजित ४२ रन बनाएपछि जित सहज बन्यो। शाहले ५३ बलमा ४ चौका र १ छक्का तथा यादब २२ बलमा २ चौका र ५ छक्का प्रहार गरे । हसिम अन्सारीले १६ रन योगदान दिए ।
अलराउण्ड योगदान दिएका कप्तान बिबेक यादब खेलको म्यान अफ द म्याच घोषित भए जसलाई उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले पुरस्कृत गरे ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट